+
+
Shares

चीनलाई गोप्य सूचना बेचेको अभियोगमा अमेरिकी जलसेना सदस्य दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी जलसेनाका सदस्य जिनचाओ वेईलाई चीनलाई गोप्य सूचना बेचेको आरोपमा छवटा आरोपमा दोषी ठहर गरिएको छ।
  • अमेरिकी अटर्नी एडम गोर्डनले भने, \"उसले अमेरिकी सेनाको सदस्यका रूपमा उसमाथि देखाइएको विश्वाससँग गम्भीर विश्वासघात गरेको छ।\"
  • जिनचाओ वेईले सैन्य जानकारी चीनलाई बेचेर देश र सहयोगीहरूको सुरक्षामा जोखिम पारेको आरोप लगाइएको छ।

५ भदौ, काठमाडौं । अमेरिकी जलसेनाका एक सदस्यलाई चीनलाई गोप्य सूचना बेचेको अभियोगमा दोषी ठहर गरिएको छ।

बीबीसीका अनुसार, क्यालिफोर्नियामा खटिएका २५ वर्षका जलसेना सदस्य जिनचाओ वेई छवटा आरोपमा दोषी पाइएका हुन्।

यी आरोपहरूमा जासुसी, जासुसीको षड्यन्त्र तथा अमेरिकी जलसेनाका जहाजहरू सम्बन्धी गोप्य तथ्याङ्क गैरकानुनी रूपमा साझेदारी गर्ने कार्य लगायत छन् ।

जिनचाओ वेईलाई एक चिनियाँ एजेन्टले सामाजिक सञ्जालमार्फत आफ्नो जालमा पारेको आरोप छ ।

अमेरिकी अटर्नी एडम गोर्डनले ती जलसेना सदस्य दोषी ठहरिएको निर्णय सुनाउँदै भने, ‘उसले अमेरिकी सेनाको सदस्यका रूपमा उसमाथि देखाइएको विश्वाससँग गम्भीर विश्वासघात गरेको छ।’

उनले थपे, ‘पैसाका लागि सैन्य जानकारी चीनलाई बेचेर उसले केवल आफ्ना सहकर्मीहरूको जीवनलाई मात्र होइन, पूरै देश र हाम्रो सहयोगीहरूको सुरक्षासमेत जोखिममा पारेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?