News Summary
Generated by OK AI. Editorially reviewed.- साफ यू–१७ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपाल र भुटान दुवैले पहिलो खेलमा पराजय भोगेका छन् र आजको खेलमा जितको खोजीमा छन्।
- प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा हुनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।
६ भदौ, काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग खेल्दै छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।
नेपाल र भुटान आ-आफ्नो पहिलो खेलमा पराजित भएका छन् । दुवै टोली आज जितको खोजीमा हुनेछन् ।
नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने भुटानले बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएपनि पहिलो खेलमै नेपाललाई ठुलो धक्का लागेको छ ।
अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।
प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।
आजै हुने अर्को खेलमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको खेल तालिका
अगस्ट २० : नेपाल र भारत
अगस्ट २२ : नेपाल रभुटान
अगस्ट २४ : नेपाल र बंगलादेश
अगस्ट २७ : बंगलादेश र नेपाल
अगस्ट २९ : भारत र नेपाल
अगस्ट ३१ : भुटान र नेपाल
नेपाली टोली
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।
प्रतिक्रिया 4