+
+
Shares

लिपुलेक नाका प्रयोग गर्ने भारत–चीन सहमति आपत्तिजनक : नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा यसलाई उठाउनुपर्ने उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय आपत्ति जनाएका छन्।
  • श्रेष्ठले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्दै सहमति सच्याउन भारत र चीनलाई आग्रह गरेका छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणमा विवादित विषय उठाउन र नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा सम्झौता नहुने स्पष्ट पार्न श्रेष्ठले जोड दिएका छन्।

५ भदौ, काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत–चीनले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने निर्णय गर्नु आपत्तिजनक र दु:खद भएको बताएका छन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दाबी गर्र्दै आएको उनले स्मरण गराएका छन् ।

साथै उनले यो सहमतिलाई सच्याउन भार र चीनलाई आग्रह गरेका छन् ।

संवेदशील विषयको सरोकारलाई उपेक्षा गरी नेपाल र नेपाली जनताको सार्वभौमिकता ,स्वाभिमान र मित्र भावना माथि गम्भीर चोट पुर्‍याएको श्रेष्ठको ठहर छ ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले विवादास्पद भूमिका रुपमा स्वीकारेको समेत उल्लेख गरेका छन् ।

श्रेष्ठले भनेका छन्, ‘भारतले यसलाई अझसम्म सहज रुपमा स्वीकार नगरे पनि यो क्षेत्रलाई बिबादास्पद भूमिका रुपमा नेपाल संगको वार्तामा स्विकार गरेको छ र परराष्ट्र सचिव स्तरीय द्विपक्षीय संयन्त्रमा छलफल गरेर यसको समाधान निकाल्ने विषयमा सहमति जनाएको छ ।’

सन्  २०१५ मा चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेइजिङमा लिपुलेक नाकालाई भारत र चीन दुई देश बीचको व्यापारिक मार्गका रुपमा सञ्चालन गर्ने सहमति गरेका थिए ।

उक्त सहमतिपछि आपत्ति जनाएर त्यसलाई सच्याउन माग गर्दै नेपालले दुवै देशलाई कूटनीतिक नोठ पठाएको थियो ।

तर, पनि अहिले फेरि भारत र चीनले नेपालको संवेदशीलतालाई वेवास्ता गर्दै उपेक्षा गरेको श्रेष्ठले बताए ।

विवादित क्षेत्र भनेर स्वीकारेको अवस्थामा पुन: पटकपटक लिपुलेकबाट सीमा व्यापार गर्ने सहमति गर्नु आश्चर्यजनक बताउँदै यसले नेपालीलाई स्तब्ध बनाएको श्रेष्ठको भनाइ छ ।

‘हामी दुवै छिमेकी मित्र राष्ट्रहरूसँग विषयको गम्भीरता र संवेदनशीलतालाई ध्यान दिँदै यसलाई सच्याउन अनुरोध गर्दछौं’, उनले भने ।

विवाद टुंगो नलाग्दासम्म नेपालको सहमति बिना कुनै पनि निर्णय हुन नसक्ने कुरालाई ध्यानमा राख्न भारत र चीनलाई श्रेष्ठको आग्रह छ ।

नेपाल सरकारले पनि भारतसँग समाधान निक्लिनेगरी कूटनीतिक वार्ता गर्नुपर्नेमा श्रेष्ठले जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणका क्रममा यसलाई उठाउनुपर्ने उनले बताए ।

नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा भारत–चीनबीच सम्बन्ध सुधारिनु उचित नहुने श्रेष्ठले उल्लेख गरेका छन् ।

‘भारत र चीन बीचको सम्बन्ध सुधार र घनिष्टताको हामी स्वागत गर्दछौं र त्यस निम्ति शुभकामना पनि दिन चाहान्छौ । तर हाम्रो देशको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा त्यसो हुनेछैन  भन्नेमा हामी आश्वस्त हुन चाहान्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?