
५ भदौ, काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने बताएका हुन् ।
समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुनेछ ।
माओवादी सांसद रुपा शोशी चौधरी र रास्वपा सांसद अशोक कुमार चौधरीले यो विकेयकमा तप धारणा बनाउन समय माग गरेका थिए ।
तर, समितिले विधेयक पारित गर्ने भएपछि छलफलबाट माओवादी केन्द्र बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4