+
+
Shares

मदिरा सेवनपछिको विवादमा तारकेश्वरमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या

विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती सर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिका-१ का ३३ वर्षीय भीमसेन मग्रातीले बुधबार राति आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको फरुवा प्रहार गरी हत्या गरेका छन्।
  • हत्या पछि भीमसेनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ।
  • पक्राउ पर्ने दम्पतीको आर्थिक अवस्था कमजोर रहेको र उनीहरू मदिरा सेवन गरी झगडा गर्ने गरेको प्रहरीले बताएको छ।

५ भदौ, काठमाडौं । तारकेश्वर बुधबार राति श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले श्रीमान्‌लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् । उनले आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।

विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती सर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हत्याको कारण भने मदिरा सेवनपछिको विवाद देखिएको प्रहरीले बताएको छ । दुबै जना पहिल्यैदेखि मदिरा सेवन गर्ने र विवाद गर्दै झगडा गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । यही क्रममा भने बुधबार उग्र विवाद भएपछि भीमसेनले फरुवा प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।

उनको दाहिने कान समेत काटिएको थियो । फरुवा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्यापछि नसामा रहेका श्रीमान्‌ भीमसेनलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंमा आफ्नै घर पनि उनीहरूको आर्थिक अवस्था भने पछिल्लो समय कमजोर बन्दै गएको देखिएको प्रहरीले बताएको छ । कतिसम्म भने उनीहरूको घरमा बत्ती समेत जोडिएको थिएन ।

बत्तीको रकम समेत नतिरेपछि लाइन काटिएको थियो । पछिल्लो समय उनीहरू टुकी बालेर बस्दै आएको पाइएको वृत्त बालाजुका एक प्रहरी अधिकृतले बताए । उनीहरू दिनहुँजसो मदिरा पिउने, झगडा गर्ने गरेको प्रहरीको भनाइ छ ।

मृतक महिलाका दुई छोरीहरू छन् । हत्या भएको बेला घरमा मृतक महिलाकी सासु समेत रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?