+
+
Shares

रूससँग धेरै तेल किन्ने हामी हैनौं चीन हो : भारत

‘ग्यास पनि युरोपले धेरै किन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति पुटिन र विदेशमन्त्री लाभरोभसँग द्विपक्षीय सम्बन्धबारे भेटवार्ता गरेका छन्।
  • जयशंकरले रूसी तेल खरिद गर्ने सबैभन्दा ठूलो खरिदकर्ता भारत नभएको र त्यो चीन भएको स्पष्ट पारेका छन्।
  • उनले भने, \'हामीले युक्रेन, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपका विषयमा आफ्नो पक्ष राख्यौं।\'

५ भदौ, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूस‍का राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।

अमेरिकाले भन्सार कर बढाएर रूसी तेल खरिद नगर्न दबाव बढाइरहेका बेला भारतीय विदेशमन्त्री जयशंकर रूस पुगेका हुन् ।

मस्को पुगेका विदेशमन्त्री जयशंकरले रूससँगको द्विपक्षीय सम्बन्धबारे आफ्ना समकक्षी लाभरोभसँग विस्तृत कुराकानी भएको बताएका छन् ।

भारत–रूसबीचको व्यापार, लगानी, ऊर्जा, स्वास्थ्य, रक्षा साझेदारी लगायतका मुद्दामा कुराकानी भएको जयशंकरले बताएका छन् ।

उनले भने, ‘हामीले युक्रेन, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपका विषयमा आफ्नो पक्ष राख्यौं, हामीले संयुक्त राष्ट्रसंघ, जी ट्वेन्टी, एससीओ र ब्रिक्समा सहयोगका विषयमा पनि कुरााकानी गर्यौं ।’

‘रूससँग सबभन्दा धेरै तेल खरिद गर्ने हामी हैनौं’

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद गरेर युक्रेनमा युद्ध अपराध गर्न भारतले रुसलाई आर्थिक सहयोग गरेको आरोप लगाएका थिए ।

ट्रम्प प्रशासनका अधिकारीहरूले पनि भारतले रूससँग सस्तोमा कच्चा तेल किनेर मनग्गे मुनाफा कमाइरहेको आरोप लगाउँदै आएका छन् ।

तर, विदेशमन्त्री जयशंकरले रूसी तेल खरिद गर्ने सूचीमा आफूहरू एक नम्बरमा नरहेको बताए । उनले भने, ‘हामी रुसी तेल खरिद गर्ने सबभन्दा ठूलो खरिदकर्ता हैनौं, त्यो त चीन हो ।’

अमेरिकी र युरोपेली संघ (इयु) तर्फ इंगित गर्दै विदेशमन्त्री जयशंकरले रूसबाट सबभन्दा धेरै प्राकृति ग्यास खरिद गर्ने उनीहरू भएको बताए ।

उनले भने, ‘हामी रूसी एलएनजी (प्राकृतिक ग्यास) को पनि सबभन्दा ठूलो खरिदकर्ता हैनौं, म यकिनसँग भन्न सक्दिन तर, सायद युरोपेली संघ हो ।’

केही वर्षअघि अमेरिकाले नै भारतलाई रूससँग तेल खरिद गर्न प्रेरित गरेको जयशंकरको दाबी छ ।

‘हामी त्यो देश हौं जसलाई पछिल्लो केही वर्षअघि अमेरिकाले नै अन्तर्राष्ट्रिय बजारलाई स्थिर गर्न सक्दो प्रयास गर्नुपर्ने बताएको थियो, त्यसमा रूसबाट तेल खरिद गर्ने कुरा पनि समावेश छ, संयोग नै भन्नुपर्छ हामीले अमेरिकासँग पनि तेल किन्छौं र त्यो मात्रा पहिलेभन्दा बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?