+

स्ट्यागको एकल अग्रता

२०८२ भदौ  ५ गते २२:२४ २०८२ भदौ ५ गते २२:२४
स्ट्यागको एकल अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन-३ को आठौं चरणपछि एकल अग्रता कायम गरेको छ ।
  • लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा स्ट्यागले ७७ अंक जोडेको छ भने एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ ।

५ भदौ, काठमाडौं । आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन-३ मा बिहीबार एकल अग्रता कायम गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ । स्ट्यागलाई पछ्याइरहेको एभीएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ ।

टप स्पिन टेबलटेनिस गुड्स नेपालले ७२ तथा खोल्चा पुखु खेलकुद समिति र होप्स टेबलटेनिस एकेडेमीले समान ६०–६० अंक जोडेका छन् ।

यल टेबलटेनिसले ५९, भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले ५४, कीर्तिपुर नगरपालिकाले ५३, द ड्रागन्स टेबलटेनिस क्लबले ४८ र ओल्ड हाउस रेस्ट्रोले ४२ अंक बटुले ।

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय