+
+
Shares

डेंगुविरुद्ध काठमाडौं महानगरले चलायो ‘वाक एन्ड एक्ट’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १२:३७

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम अन्तर्गत ‘वाक एन्ड एक्ट’ कार्यक्रम सन्चालन गरेको छ । कार्यक्रम आज बिहान राष्ट्रिय सभागृहबाट सुरु भएको थियो ।

अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू पहिचान गरी फुल र लार्भाहरु नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।

गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरिएको उनले बताए ।

यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?