+
+
Shares

काठमाडौंमा आज पनि निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ६ गते १४:४९

६ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा समेटिएका केही प्रावधानप्रति असन्तुष्ट जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

स्कुल बसमा कालो झण्डा र ब्यानरसहित चक्रपथ परिक्रमापछि उनीहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन  गरेका हुन् ।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

निजी विद्यालयले अति विपन्न र गरिबलाई ३ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव प्रतिनिभिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकले पारित गरेको छ । तर, निजी विद्यालय सञ्चालकहरू पूर्ण छात्रवृत्ति दिने पक्षमा छैनन् ।

यसअघि बिहीबार पनि निजी विद्यालय सञ्चालकहरू माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?