+
+
Shares

कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ

विधेयकमा कर्मचारीले खेल्दा प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा गए पनि केही समय लाग्नेजस्तो देखिएपछि निजामती ऐन र प्रहरी ऐन छिटो ल्याउनुपर्छ भनेर लागिपरेको गुरुङले बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्ने विषयमा कर्मचारीहरूले प्रधानमन्त्रीलाई घेराउ गरेको बताए।
  • गुरुङले विधेयकमा कर्मचारीले खेलेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपरेको जानकारी दिए।
  • गुरुङले प्रतिनिधि तथा राष्ट्रिय सभाको विधेयक पारित प्रक्रियामा समयसीमा तोक्नुपर्ने र संसदलाई गफ गर्ने अखडाबाट विधायिकी केन्द्रित बनाउनुपर्ने बताएका छन्।

६ भदौ, पोखरा। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती विधेयकमा कुलिङ पिरियड राख्नुपर्छ भन्दा मुख्यसचिव, सचिवसहितका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घेराउ गरेको बताएका छन्।

विधेयकमा कर्मचारीले खेलेको र अन्तिममा हस्ताक्षर गर्ने बेलामा राम्रोसँग नहेर्दा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपरेको प्रवक्ता गुरुङले बताए।

विधेयकमा कर्मचारीले खेल्दा प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा गए पनि केही समय लाग्नेजस्तो देखिएपछि निजामती ऐन र प्रहरी ऐन छिटो ल्याउनुपर्छ भनेर लागिपरेको गुरुङले बताएका छन्।

प्रेस चौतारी नेपाल कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले प्रहरी ऐनका सन्दर्भमा केही असहमतिहरू रहे पनि ठूलो समस्या नरहेको जिकिर गरे ।
निजामती विधेयकको प्रस्ताव गर्दा कुलिङ पिरियड विषय नभएको तर समितिमा गएपछि कुरा उठेको गुरुङले बताए । कुलिङ पिरियड सुशासन कायम गर्ने कुरासँग जोडिएको बताए।

कुलिङ अफ पिरियड राखिएन भने कर्मचारीहरू चाहिँ प्रधानमन्त्री कुनै मन्त्री, कुनै प्रधानमन्त्री, सभामुखसँग नजिक हुने र रिडायर्ड हुनेबित्तिकै जागिर खान जाने कुराले स्वार्थ बाझिने गुरुङको भनाइ थियो।

प्रतिनिधि तथा राष्ट्रिय सभा चलाउने तरिकामै समस्या रहेको उनले बताए । सभामुख या अध्यक्षले सम्बन्धित समितिमा गएपछि टाइमलाइन दिनुपर्ने उनको भनाइ थियो । एउटा विधेयक सभामा पेस भइसकेपछि पछाडि कति दिनभित्र सक्ने हो ? समय तोक्नुपर्छ भनेर आफूहरूले भनिरहेको उनले सुनाए।

शून्य समय, विशेष समय भनेर संसद्‌लाई गफ गर्ने अखडाको रूपमा परिणत बनाइएको गुरुङले बताए । सांसदहरूको मुख्य काम विधायिकी हो, विधेयक बनाउनेमै ध्यान दिनुपर्छ भन्दै उनले यसपटक धेरै विधेयक पास भएको र त्यो पनि पर्याप्त भने नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?