
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलका रक्षामन्त्री काट्जले हमासले हतियार नबिसाए र बन्धकलाई रिहा नगरे गाजा शहर ध्वस्त पार्ने चेतावनी दिएका छन्।
- कतार र इजिप्टको मध्यस्थतामा हमासले ६० दिने युद्धविराम प्रस्ताव स्वीकार्दै आधा बन्धक रिहा गर्ने सहमति जनाएको छ।
- इजरायली प्रधानमन्त्री नेतन्याहूले बन्धक रिहाइसँगै गाजामा युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका छन्।
६ भदौ, काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासले हतियार नबिसाए र बन्धकलाई तत्काल रिहा नगरे गाजा शहर ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय दबाव र घरेलु विरोध हुँदा हुँदै पनि इजरायली मन्त्रिपरिषद् गाजालाई पूर्ण नियन्त्रणमा लिने भन्दै आक्रमणको अनुमति दिएपछि शुक्रबार रक्षाामन्त्री काट्जको यस्तो भनाइ सार्वजनिक भएको हो ।
इजरायल र हमासबीच युद्धविराम गराउन मध्यस्थता गरिरहेको कतारका अनुसार सोमबार हमासले ६० दिने युद्धविराम प्रस्ताव स्वीकारेको थियो ।
कतार र इजिप्टको मध्यस्थतामा भएको छलफलमा हमासले ६० दिन युद्धविराम स्वीकार्दै गाजामा जिवित रहेका बन्धकमध्येबाट आधालाई रिहा गर्न सहमत भएको थियो ।
इजरालयी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धकहरूको रिहाइसँगै स्वीकार्य शर्त माने गाजामा युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका थिए ।
तर, रक्षामन्त्री काट्जले चेतावनी दिँदै भने, ‘यदि हमास सहमत भएन भने गाजा शहर पनि राफा र बेत हनून जस्तै खण्डहर बन्नेछ ।’
इजरायली सैन्य आक्रमणका कारण राफा र बेत हनून पूर्णरुपमा ध्वस्त भएको छ ।
पछिल्लो महिना इजरायली प्रधानमन्त्री नेतन्याहूले युद्धविराम, बन्धकहरूको रिहाइ र अप्रत्यक्ष वार्ताहरू असफल भएपछि गाजामा आक्रमण तीव्र पार्दै पूर्ण नियन्त्रण कायम गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया 4