+
+
Shares

कुलिङ पिरियडको असर : भूमि र शिक्षा विधेयकमा सांसदले आफैं गरे हस्ताक्षर

केही समयअघिमात्रै संघीय निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबाट सांसदहरू सचेत देखिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १६:३२

५ भदौ, काठमाडौं । अन्तत: बिहीबार एकैदिन संसदीय समितिबाट दुईवटा बहुप्रतिक्षित विधेयक पारित भएका छन् । लामो समयसम्म अन्योल र विवाद रहेका भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक आज एकैदिन समितिबाट पारित भएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयकहरू बिहीबार पारित भएका छन् ।

अब यदी दुई विधेयक संघीय संसद्‌मा पेश हुनेछन् ।

विधेयक पारित हुँदैगर्दा यसअघिभन्दा यो पटक एउटा दृश्य नयाँ देखियो । केही समयअघिमात्रै संघीय निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबाट सांसदहरू सचेत देखिए ।

यी विधेयकमा पनि त्यस्तै समस्या दोहोरिएला भन्ने भय दुवै समितिका सांसदहरूमा देखियो । जसअनुसार, उनीहरूले पारित भएको विधेयक हस्ताक्षर गरे, त्यो पनि विधेयकका हरेक पाना केलाएर ।

कृषि समितिमा प्रतिपक्षी दलको असहमतिबीच विधेयक पारित गर्ने तयारी चलेको थियो । प्रतिपक्षी दलले बैठक नै बहिष्कार गरे ।

विधेयकको प्रतिवेदन तयार भएसकेपछि पक्षमा रहेका सांसदहरूलाई साक्षी राख्दै समिति सभापति कुशुमदेवी थापाले हस्ताक्षर गरिन् । जतिबेला समिति हलमा केही रोचक सवालजवाफ समेत भएको थियो ।

सभापति थापाले प्रश्न गरिन्, ‘तपाईंहरू मेरो लागि साक्षी हुनुहुन्छ होइन ? साइन गरौं ?’

सांसदहरूले ‘गरौं, गरौं’ भने । त्यसपछि उनले हस्ताक्षर गरिन् ।

विधेयकमा सबै सांसदहरूले हस्ताक्षर गरेका छन् । शिक्षा विधेयक पारित हुँदैगर्दा पनि यस्तै देखियो । अब सभामा पेश हुने प्रतिवेदनमा भने सभापति र समिति सचिवले मात्रै हस्ताक्षर गर्नेछन् ।

समितिबाट विधेयक पारित हुँदा यसअघि यस्ता दृश्य विरलै देखिन्थे ।

निजामती विधेयकको गडबडीका कारण राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिले राजीनामा नै दिनुपरेको थियो । निरन्तर प्रश्न उठेपछि यो विधेयकमा देखिएको गडबडी छानबिन गर्न संसदीय समिति नै बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?