+
+
Shares

उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ।
  • रास्वपाकी सचेतक निशा डाँगीले जनताका समस्या समाधानमा सरकार सुस्त भएको बताएकी छन्।
  • उनले सरकारले न्याय नभएर पक्षपातको नयाँ मापदण्ड स्थापित गर्दै गरेको र आफ्ना मान्छेलाई जोगाएको उल्लेख गरिन्।

६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबाट इन्दिरा रानालाइ हटाउन अचम्मको फुर्ती देखाएको टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो बताएकी हुन् ।

उनले भनेकी छन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ । तर उपसभामुखलाई हटाउन चाहीँ अचम्मको फुर्ती देखाएको छ ।’

सरकारले न्याय नभएर पक्षपातको नयाँ मापदण्ड स्थापित गर्दै गरेको उनले बताए । विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना मान्छेलाई जोगाएर सरकार अगाडि बढिरहेको पनि उनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?