+
+
Shares

अपडेट : सुटकेसभित्र मृत भेटिएकी महिलाको परिचय खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते ९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत २६ वर्षीया रुवीकुमारी साह भएको प्रहरीले जनाएको छ।
  • मृतक रुवीकुमारी साहको घर भारतको मुजफ्फरपुर रहेको र उनका एक छोरा छन्।
  • प्रहरीले हत्या गरेर शव सुटकेसमा राखेर फालेको आशंका गरेको छ।

८ भदौ, जनकपुरधाम । रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।

मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ डिएसपी कार्कीले भने ।

उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि माधवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

शनिबार राति साढे १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । शंकास्पद लागेर प्रहरीले रातभर रुँगेर बसेको थियो ।

आज बिहान सुटकेस खोलेर हेर्दा त्यसभित्र सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?