News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारको भारतीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।
- उनले सन् २०१० मा डेब्यू गरेका थिए र १०३ टेस्ट तथा ५ एकदिवसीय खेल खेलेका छन्।
- पुजाराको अन्तिम टेस्ट खेल सन् २०२३ को जुन महिनामा अष्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिप फाइनल थियो।
८ भदौ, काठमाडौं । भारतका क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारको भारतीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनले यो घोषणा सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गरेका हुन्।
३७ वर्षीय पुजाराले सन् २०१० मा डेब्यू गरेका थिए। उनले भारतका लागि १०३ टेस्ट र ५ एकदिवसीय खेल खेलेका छन्। टेस्ट क्रिकेटमा उनले ७,१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक सामेल छन्।
एक दशकभन्दा बढी समय भारतका भरपर्दा नम्बर ३ ब्याटर रहेका पुजाराले स्वदेश तथा विदेशमा भारतका ऐतिहासिक जितमा योगदान दिएका थिए।
उनको अन्तिम टेस्ट खेल सन् २०२३ को जुन महिनामा अष्ट्रेलियाविरुद्ध भएको विश्व टेस्ट च्याम्पियनसिप फाइनल थियो।
पुजाराले भारतीय घरेलु क्रिकेटसँगै आईपीएल क्रिकेट पनि खेलेका छन् ।
प्रतिक्रिया 4