
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
- तत्कालीन सचिव अर्यालसहितलाई विशेष अदालतले सफाइ दिएको थियो।
- अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, अख्तियारले आइतबार पुनरावेदन निवेदन दर्ता गरेको हो।
८ भदौ, काठमाडौं । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आइतबार अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रमार्फत अन्त:शुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो
३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी दायर मुद्दाको उक्त फैसला चित्त नबुझेको भन्दै अख्तियारले पुनरावेदन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4