
८ भदौ, काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ठगी गरकेो आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ३३ वर्षीय लाक्पा शेर्पा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
६ भदौमा गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध सुनको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीबाट १ किलो नक्कली सुन समेत बरामद भएको छ । पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4