
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड गायिका पलक मुचालले असोज ३ गते काठमाडौंको भृकुटीमण्डपमा पहिलोपटक लाइभ प्रस्तुति दिने भएकी छन्।
- वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिले पलक मुचाललाई काठमाडौंमा ल्याउन लागेको छ र इन्डोनेसियाली गायिका सेलेनिडी मटाहारीले पनि प्रस्तुति दिने तय छ।
- आयोजक संस्थाका अध्यक्ष देव मगरले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई प्रभावकारी तरिकाले प्रयोग गरिने बताए र नेपाली कलाकारले पनि प्रस्तुति दिने भएका छन्।
काठमाडौं । बलिउड गायिका पलक मुचालले पहिलोपटक नेपालमा लाइभ प्रस्तुति दिने भएकी छन् ।
असोज ३ गते शुक्रबार उनले काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा प्रस्तुति दिने जनाइएको छ ।
वर्ल्डवाइड फिल्म्स नेटवर्क प्रालिले गायिका मुचाललाई काठमाडौंमा ल्याउन लागेको हो । इन्डोनेसियाली गायिका सेलेनिडी मटाहारीले पनि उक्त अवसरमा प्रस्तुति दिने तय छ ।

आयोजक संस्थाका अध्यक्ष देव मगर र इभेन्ट म्यानेजर मनिष कार्कीले नोरा फतेहीको कन्सर्टबाट प्राप्त अनुभवलाई यसपटक प्रभावकारी तरिकाले प्रयोग गरिने बताए । नेपाली कलाकारले पनि सो अवसरमा प्रस्तुति दिने भएका छन् ।
टिकटको विवरण र अन्य जानकारी चाँडै सार्वजनिक गरिने आयोजक संस्थाले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4