+
+
Shares

आमा बन्दै परिणीति चोपडा, भन्छिन् : हाम्रो सानो संसार आउँदैछ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री परिणीति चोपडा र पति राघव चड्ढाले पहिलो सन्तानको पर्खाइमा आफूहरू रहेको कुरा इन्स्टाग्राममा सेयर गरेका छन्।
  • उनीहरूले पोस्टमा बच्चाको खुट्टाको चित्र र १+१=३ लेखेर अब तीन सदस्यीय परिवार बन्न लागेको बताएका छन्।
  • सोनम कपूर, नेहा धुपिया, रकुल प्रीत, भूमि पेडनेकर लगायतका सेलिब्रेटीहरूले उनीहरूलाई बधाई दिएका छन्।

मुम्बई । बलिउड अभिनेत्री परिणीति चोपडा आमा बन्दैछिन् । पति राघव चड्ढा र परिणीतिले इन्स्टाग्रामबाट पहिलो सन्तानको पर्खाइमा आफूहरू रहेको कुरा सेयर गरेका छन् ।

बलिउडको सबैभन्दा प्रिय जोडी मध्ये एक परिणीति र राघवको यो खुशीको खबर सुनेर बलिउड र विश्वभरका फ्यानहरूबाट बधाईको ओइरो लागेको छ ।

यस पोस्टमा बच्चाको खुट्टालाई चित्रण गरिएको छ र यसमा १+१=३ लेखिएको छ, जुन देखेर उनीहरूका साथीहरू धेरै खुसी भएका छन् ।

दुवैले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘हाम्रो सानो संसार…अब आउँदैछ, नाप्न सकिनेभन्दा धेरै परको अनुग्रह ।’ उनीहरूले पोस्टमा अब एक र एक जोडेर उनीहरू तीन बन्न लागेको बताएका छन् ।

यो पोस्ट देखेर सबैले यो जोडीलाई हृदयदेखि बधाई दिएका छन् । दुवैले इन्स्टाग्राममा यो सुन्दर पोस्टमा एउटा भिडियो पनि सेयर गरेका छन् । सोनम कपूर, नेहा धुपिया, रकुल प्रीत, भूमि पेडनेकर जस्ता सेलिब्रेटीले पोस्टमा उनीहरूलाई बधाई दिएका छन् ।

 

View this post on Instagram

 

A post shared by @parineetichopra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?