+
+
Shares

प्रि-आईपीओ भनेर पहिले नै सेयर बेचेमा कारबाही हुन्छ : धितोपत्र बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धितोपत्र बोर्डले सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि–आईपीओ बिक्री गरे कारबाही गरिने चेतावनी दिएको छ।
  • बोर्डले अनुमति बिना सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद/बिक्री नगर्न सूचित गरेको छ।
  • वाट्सएप, भाइबर, फेसबुक पेज, इमेल र एसएमएसमार्फत अनाधिकृत सेयर प्रस्ताव गर्ने कार्य दण्डनीय भएको बोर्डले उल्लेख गरेको छ।

९ भदौ, काठमाडौं । सार्वजनिक निष्कासन भइनसकेका संगठित संस्थाको प्रि–आईपीओ भन्दै बिक्री गरेमा कारबाही गरिने धितोपत्र बोर्डले चेतावनी दिएको छ ।

विभिन्न संगठित संस्थाको भविष्यमा आईपीओ आउने भन्दै पहिले नै सर्वसाधारणलाई सेयर खरिद गर्न प्रस्ताव गरिने कार्य अनाधिकृत रहेको बोर्डले जनाएको छ ।

विभिन्न प्रस्ताव गरी सर्वसाधारणबाट पैसा उठाइएको गुनासो बोर्डमा आएको जनाउँदै यस्ता कार्य रोक्न निर्देशन दिइएको छ । पछिल्लो समय वाट्सएप, भाइबर, फेसबुक पेज, इमेल तथा एसएमएसमार्फत विभिन्न कम्पनीका सेयर खरिदका लागि प्रस्ताव गर्ने गरिएको पाइन्छ ।

‘बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमा संगठित संस्थाको सेयर खरिद/बिक्री सम्बन्धी कार्य नगर्न/नगराउन सूचित गरिन्छ’ बोर्डले सार्वजनिक सूचनामार्फत भनेको छ ‘धितोपत्र सम्बन्धी ऐन २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्य दण्डनीय भएकाले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?