News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को पहिलो खेलमा एपीएफ क्लबले उज्वेकिस्तानको पीएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ।
- खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ।
- थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि समूह बी मा आज खेल हुनेछ।
९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ ।
खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । एपीएफले अनुभवी विगंर अनिता बस्नतेको कप्तानीमा खेल्दैछ ।
यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ ।
गत वर्ष पनि छनोट चरणमा नेपाल र नासाफ एकै समूहमा थिए, जहाँ नासाफसँग एपीएफ १-० ले पराजित भएको थियो ।
जोर्डनी क्लब इत्तिहाडमा अनुबन्ध भएकी मिडफिल्डर प्रीति राई भने यसपटक एपीएफको टिममा छैनन् ।
प्रीति सम्मिलित इत्तिहाडले समूह सी को छनोट खेलमा सिंगापुरको लायन सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया 4