
News Summary
Generated by OK AI. Editorially reviewed.- एड्भेन्चर रियालिटी शो 'हिमालय रोडिज' सातौं सिजनको एक्सक्लुसिभ ट्रेलर सार्वजनिक भएको छ।
- ट्रेलरले चारजना ग्याङ लिडर, छायांकन सेट र टास्कहरू देखाएको छ।
- भदौ १६ गतेदेखि हिमालय टिभीमा हिमालय रोडिज सातौं सिजन प्रसारण हुँदैछ।
काठमाडौं । एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ सातौं सिजनको एक्सक्लुसिभ ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरले चारजना ग्याङ लिडर, छायांकन सेट र टास्कहरूबारे देखाएको छ । ‘हेल मिट्स हेभन’ थिममा रहेको सातौं सिजनको नयाँ ट्रेलर होस्ट रेमनदास श्रेष्ठसँगै सुरु हुन्छ ।
त्यसपछि ग्याङ लिडर अनुपविक्रम शाही काँडेतार बाहिरबाट हेरिरहेका देखिन्छन् । प्रियंका कार्की, आशिष राना र कविता नेपालीलाई परिचय गराइएको छ ।
कविता बाइकसँगै आफ्नो स्वागमा हिमालय रोडिजको सेटमा प्रवेश गरेको देखिन्छ । त्यसपछि प्रतिस्पर्धीले दिइएका टास्कमा प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।
भदौ १६ गते अर्थात आगामी सोमबारदेखि हिमालय टिभीमा हिमालय रोडिज सातौं सिजनको प्रसारण हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4