
Photo Credit : धिरज मगर/लिस्बन, पोर्चुगल
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन्।
- पूर्व कार्यकारी निर्देशक घिसिङले रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न गम्भीर हुनुपर्ने बताए।
- गैर आवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिएका छन्।
९ भदौ, पोर्चुगल । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सही नेतृत्व नभएसम्म देशको विकास हुन नसक्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा आयोजित कार्यक्रममा पूर्व कार्यकारी निर्देशक घिसिङले सबै समस्या नेतृत्व तहसँग जोडिने भएकाले देशको समग्र विकासका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने जिकिर गरे ।
‘सही व्यक्ति सही ठाउँमा भए सबै कुरा सही नै हुन्छ । नेपालमा यस्तो नहुँदा समस्या देखिएको हो’, उनले भने, ‘नेपालमा केही भएको छैन भन्ने होइन, परिवर्तन भएको छ । सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा परिवर्तन भएको छ ।’
राम्रो गरौँ भनेर आएकाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा पूर्वकार्यकारी निर्देशक घिसिङले जोड दिए । रोजगारी सिर्जना गर्न नसक्दा युवा विदेश पलायन भइरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसलाई रोक्न गम्भीर हुनुपर्ने बताए ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो टेवा पुर्याएको बताउँदै उनले विदेशमा रहेका नेपालीको देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको बताए ।
गैर आवासीय नेपालीको नागरिकताको समस्या सम्बोधन गर्नुपर्ने र नेपालमा लगानीको वातावरण बनाउनुपर्नेमा पूर्व कार्यकारी निर्देशक घिसिङले जोड दिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष चोपकुमार रानामगर, महासङ्घका सल्लाहकार सोमफुरी शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासङ्घका वरिष्ठ उपाध्यक्ष सोनाम योञ्जनलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4