+
+
Shares

हैजा प्रभावित क्षेत्रबाट स्वास्थ्यमन्त्रीले भने- बिरामीको उपचारमा अभाव हुन दिँदैनौं

यो महामारीको समयमा सबै पक्षले मानवीयतालाई ख्याल राखेर सहयोग गर्नुपर्ने समय भएको भन्दै उनले निजी अस्पतालहरूलाई पनि हैजाका बिरामीको उपचारमा सहयोग गर्न आह्वान गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १७:१५

९ भदौ, काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनै पनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् ।

सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुमगनका लागि पुगेका मन्त्री पौडेलले सरोकारवाला पक्षसँगको छलफलमा यस्तो बताएका हुन् ।

बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुने स्थिति बन्न नदिनका लागि तिनै तहका सरकारले प्रयत्न गरिरहेको उनले बताए ।

सरकारले प्राइभेट अस्पतालहरूलाई पनि किट उपलब्ध गराएर उपचारमा सहजता ल्याउने विषयमा हिजो बेलुका निर्णय भइसकेको भन्दै उनले हैजाका बिरामी उपचार भइरहेको तराई अस्पतालमा पुगेर यसबारेमा परामर्श गर्ने बताए ।

उनले भने, ‘अन्यत्र कहाँ-कहाँ बिरामी हुनुहुन्छ, उहाँहर”सँग पनि त्यहाँको प्रशासनसँग म टेलिफोनमा कुरा गर्छु । कुरा गरेर उहाँहर”लाई किट हामी उपलब्ध गराउँछौं । अन्य औषधिहर”को सन्दर्भमा पनि हामीले औषधि उपलब्ध गराउँदा उहाँहरूले उपचारमा न्यून कस्ट लिने र केही सुविधा उहाँहरूले पनि दिने अवस्था बन्छ भने हामी त्यसको लागि छलफल गर्छौं । यो खासगरी मानवीयताको कुरा पनि हो । अस्पतालहरूलाई पनि अनुरोध गर्न चाहन्छौं । यो विपतको कुरा पनि हो ।’

विपद्‍को बेलामा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । निजी अस्पतालहरूले पनि मानवीयतालाई ख्याल गरेर सहयोग गर्न उनको आग्रह थियो ।

उनले अगाडि भने, ‘उहाँहरूलाई प्रत्यक्ष रूपमा पनि अनुरोध गर्नेछौं। आज म मिडिया मार्फत उहाँहरूलाई विनम्रता पूर्वक अनुरोध गर्दछु । उहाँहरूले यही समाजमा काम गरिरहनु भएको छ । यही समाजमा सेवा पुर्याइरहनु भएको छ । यस्तो विपतको बेलामा सरकारको आँखा मात्रै सरकार तिर ताकेर होइन कि नागरिक तहबाट, व्यवसायीहरूको तहबाट, प्राइभेट सेक्टर, सामुदायिक सेक्टरको तहबाट पनि सबैले सहयोग पुर्याउन सक्नु पर्छ ।’

महामारीको यस्तो बेलामा स्वयंसेवीको आवश्यकता पर्ने भन्दै उनले यस्तै समयमा समाजलाई योगदान गरेर सेवा गर्ने एउटा अवसर पनि भएको उनले बताए ।

हैजाको प्रकोप फैलिनुका कारण पत्ता लगाउनका निम्ति टिमले काम गरिरहेको उनले बताए ।

उनले अगाडि भने, ‘खासगरी यसको कारण छिटोभन्दा छिटो ७२ घण्टाभित्र पत्ता लगाउन सकिन्छ भन्ने कुरा छ । ७२ घण्टा करिब करिब बितिसकेको स्थिति छ। त्यसैले यसको कारण के हो? यसलाई छिटो पत्ता लगाउन जरुरी छ ।’

महानगरपालिका, प्रदेश सरकार, नारायणी अस्पताल लगायत सरोकार पक्षको पहलमा प्रकोप नियन्त्रणका लागि काम भइरहेका कारण यसले ठूलो रूप लिइनसकेका भन्दै उनले समाधान पनि भइनसकेका कारण यो प्रकोप के कारणले भएको हो भनेर छिटो कारण पत्ता लगाउन सकियो भने प्रकोप नियन्त्रण गर्न सकिने बताए ।

छलफलमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनचेतनाले हैजा रोकथाम तथा नियन्त्रणमा रामवाणको काम गरेको बताए ।

अस्पतालमा भर्ना भएका बिरामीहरूको उपचार एक द्वार प्रणालीबाट हुनुपर्ने उनको आग्रह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?