+
+
Shares

पुसभित्र नियमित महाधिवेशन गर्नु नै अहिलेको समाधान हो : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १७:४०
फाइल तस्वीर

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पौडेलले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीका क्रममा उनले पुस मसान्तभित्र सक्ने गरी नियमित महाधिवेशन गर्नु नै अहिलेको समाधान भएको बताए ।

‘२४ मंसिरभित्र वडा अधिवेशन गर्ने, पुस मसान्तभित्र महाधिवेशन सक्ने,’ नेता पौडेलले भने, ‘यही नै नेपाली कांग्रेसको अहिलेको समाधान हो । निर्वाचनमा जानका लागि कांग्रेसले गर्नुपर्ने काम नै यही हो ।’

उनले यही विषयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा छलफल भइरहेको पनि बताए ।

‘त्यसैले त्यही कुरा हामीले गरिरहेका छौँ । त्यही छलफल भइरहेको छ,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?