९ भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँग दुई टी-२० खेलहरू खेल्दै छ ।
पहिलो खेल विहान पौने ६ बजेदेखि तथा दोस्रो खेल विहान पौने १० बजेदेखि हुनेछ ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।
नेपालले यसपछि साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।
टप एन्ड टी-२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो ।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया 4