+
+
Shares

यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण माग

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राजदूतावास युएईले डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट लगायतका विज्ञहरूको विवरण माग गरेको छ।
  • दूतावासले यूएईमा रहेका विज्ञहरूले नेपालको विकासमा योगदान पुर्‍याउने उद्देश्यले परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘ब्रेन गेन सेन्टर’ सँग सहकार्य गर्ने तयारी रहेको जनाएको छ।
  • यूएईमा कार्यरत नेपाली विज्ञहरूले क्यूआर कोड स्क्यान गरी अनलाइन फाराममार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।

९ भदौ, काठमाडौं । नेपाली राजदूतावास युएईले विज्ञहरूको विवरण माग गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत डाक्टर, इन्जिनियर, आईटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धानकर्ता, तथा विज्ञान/प्रविधि, नवप्रवर्तन, प्रबन्धन लगायतका क्षेत्रमा संलग्न नेपाली विज्ञहरूको विवरण माग गरेको हो ।

दूतावासले एक सूचना जारी गर्दै आफ्नो विज्ञता र त्यसको विवरण जानकारी दिन भनेको हो । विदेशमा रहेका विज्ञहरूले नेपालको समग्र विकास प्रक्रियामा योगदान पुर्‍याउने उद्देश्यले परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘ब्रेन गेन सेन्टर सँग सहकार्य गर्ने तयारी भइरहेको जनाएको छ ।

यसअन्तर्गत यूएईमा रहेका विज्ञहरूले विभिन्न सामाजिक, शैक्षिक तथा प्रविधिसम्बन्धी विषयमा आफ्नो दक्षता र अनुभव साझा गर्दै नेपालको विकासमा सहयोग गर्ने अवसर पाउने दूतावासले उल्लेख गरेको छ ।

त्यसका लागि सम्बन्धित क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूले दूतावासले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी अनलाइन फाराममार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

दूतावासले शैक्षिक र व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम र छलफल समेत आयोजना गरिने जनाएको छ ।

यूएईमा अध्ययनरत विद्यार्थी तथा ट्राभल/टुरिजम र अन्य व्यावसायिक क्षेत्रमा कार्यरत व्यक्तिहरूको विवरण संकलनका लागि छुट्टै सूचना प्रकाशित गरिने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?