+
+
Shares

अमेरिकाद्वारा यूएईसँग २०० अर्बको सम्झौता

सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्त्वपूर्ण खनिजहरू समावेश गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १७:११
Photo Credit : AP

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले यूएईसँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता गरेको छ, जसमा अन्तरिक्ष यान, ऊर्जा र खनिज समावेश छन्।
  • जीई एरोस्पेसले इतिहाद एयरवेजबाट बोइङ विमान खरिद गर्न १४.५ बिलियन डलरको सम्झौता गरेको छ।
  • यूएईमा विभिन्न परियोजनाहरूमा अमेरिकी कम्पनीहरूले ठूलो लगानी र सहकार्य गरिरहेका छन्, जसले दुई देशबीच आर्थिक सम्बन्धलाई बलियो बनाइरहेको छ।

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्त्वपूर्ण खनिजहरू समावेश गरिएको छ ।

जीई एरोस्पेसले इतिहाद एयरवेजबाट जिइ इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि १४.५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने विज्ञप्तिमा छ ।

एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र इओजी रिसोर्सेजले अबु धाबीको नेसनल आयल कम्पनीसँग ६० अर्ब डलरको तेल र प्राकृतिक ग्यासको उत्पादनका लागि सहकार्य गरिरहेको छ ।

यसैगरी आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र यूएईको काउन्सिल तवाजुनसँग चर्चित ‘ग्यालियम प्रोजेक्ट’ मा साझेदारी गरिरहेको छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साउदी अरब र कतारको भ्रमणपछि यूएईको भ्रमण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?