+
+
Shares

लिसा मूल्यांकन : कास्कीमा रुपा गाउँपालिका पहिलो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते २०:२५

९ भदौ, पोखरा । रुपा गाउँपालिका स्थानीय तहको कार्यसम्पादन मूल्यांकन (लिसा)मा कास्कीकै अब्बल बनेको छ । विकास र सेवा प्रवाहलाई छरितो तथा पारदशी बनाइरहेको रुपा कास्कीमै उत्कृष्ट अंक ल्याउँदै शीर्ष स्थानमा रहेको हो ।

रुपा गाउँपालिकाले कुल १ सय नम्बरमा कुल ८७.०० अंक प्राप्त गर्दै कास्कीमै अब्बल भएको हो । कास्कीकै सानो गाउँपालिकामा रुपा यसअघि पनि कास्कीकै उत्कृष्टमा पर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष नवराज ओझा नागरिकका निम्ति हरेक गतिविधिलाई पारदर्शी बनाउनेगरी काम गरिरहेको बताउँछन् । सेवा प्रवाह, योजना कार्यान्वयन, बजेट व्यवस्थापन, प्रशासनिक क्षमता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक सेवा प्रभावकारिताका आधारमा गरिएको मूल्यांकनमा रुपा अगाडि देखिएको हो ।

रुपा गाउँपालिकामा अहिले अधिकांश मूल सडक पक्की बनिसकेका छन् । दोस्रो कार्यकालसम्म लगातार विजयी भएका ओझा नागरिकको सुखदुखमा सामेल हुने गरेको बताउँछन् ।

२५ शैय्याको अस्पताल चलाएको पालिकाले एम्बुलेन्स सेवा उपलब्ध गराएको छ भने नागरिकलाई स्वास्थ्य विमासँग पनि जोडेको छ । कृषिमा अहिले एक घर, एक महुरी घार कार्यक्रम उत्कृष्ट बन्न पुगेको छ भने पालिकाले सिप्लीगान र टिमुर खेतीमा पनि जोड दिएको छ ।

बाँझो खेतमा यसपाली बाँदरले असर असर नगदेबाली नाम दिएर अदुवा, लसुन, बेसार, टिमुरलगाउन र युवाहरुलाई खाली जग्गामा मसलाजन्य प्रोत्साहन गर्ने नीति लिएको छ । यो पालिकाले ४ हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गर्ने नीतिअनुसार काम गरिरहेको छ ।

पारदर्शिता र सुशासनका आधारलाई प्रत्याभूति गरी सूचनाको जानकारी गराउन रुपा गाउँपालिकामा गरिने कार्यक्रमहरूलाई कार्यक्रम सञ्चालन हुने दिन नै खर्च सार्वजनिक गर्ने नीति पालिकाले अगाडि सारेको छ ।

नागरिकलाई केन्द्रमा राखेर भौतिक विकास सँगसँगै कृषि उत्पादन, रोजगारीमा जोड दिइएको अध्यक्ष ओझाको भनाइ छ ।

पलिकाले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेको छ भने कार्यपालिकाका निर्णयहरू पनि सर्वसम्मत र पारदर्शी हुने गरेको अध्यक्ष ओझाले जानकारी दिए ।

रुपापछि ८६. ०५ अंक ल्याउँदै अन्नपूर्ण गाउँपालिका दोस्रो, ८३.५० अंक ल्याउँदै पोखरा महानगरपालिका तेस्रो, ८३.०० अंकका साथ माछापुच्छ्रे गाउँपालिका चौथो र ८१.०० अंकका साथ मादी गाउँपालिका पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?