+

पहिलो अभ्यास टी-२० : आसिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

२०८२ भदौ  १० गते ७:४६ २०८२ भदौ १० गते ७:४६
पहिलो अभ्यास टी-२० : आसिफको अर्धशतकमा नेपालले एसीटीलाई दियो १७८ रनको लक्ष्य

१० भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले मंगलबार भइरहेको पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी-२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।

टप एन्ड टी-२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय