+

एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई सामान्य लक्ष्य

२०८२ भदौ  १० गते ११:१६ २०८२ भदौ १० गते ११:१६
एसीटीसँगको दोस्रो अभ्यास खेल जित्‍न नेपाललाई सामान्य लक्ष्य

१० भदौ, काठमाडौं । अस्ट्रेलिया टुरमा रहेको नेपालले मंगलबार भइरहेको दोस्रो अभ्यास टी-२० खेल जित्न अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)बाट ९७ रनको सामान्य लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।

यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय