
१० भदौ, काठमाडौं । गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट प्रहरीले अवैध लागू औषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम खैरो हेराइनसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय निरोज कुँवर, काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका-६ घर भएका ३० वर्षीय सुभाष मिश्र र काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्ने क्रममा खैरो हेराइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4