
फाइल तस्वीर
१० भदौं, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।
विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो । तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । ‘आजसम्म सुझावहरु पठाउने डेडलाइन नै छ । ती सुझावहरुलाई मिलाउन समय लाग्ने भयो’, उनी भन्छन्।
एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा छपाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4