+
+
Shares

तीजव्रत बसेकी सुरक्षा पशुपतिमा, ‘नत्र भने जिन्दगी व्यर्थ छ’ भन्दै नाचिन्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री सुरक्षा पन्तले तीजको व्रत बसेर पशुपतिनाथ मन्दिरमा शिवको दर्शन गरिन् र आगामी फिल्मको तीज गीतमा नाचिन्।
  • उनले तीजव्रतबारे सबैले आफ्नो तरिकाले मनाउन पाउनुपर्ने धारणा राखिन् र लाइफपार्टनरको लागि कामना गर्ने चाड भएको बताइन्।
  • सुरक्षाले आफ्नो श्रीमान मानव सुवेदीले व्रत बस्न नहुने भन्दै उक्साउने र सबैको सोच फरक हुने कुरा खुलाइन्।

काठमाडौं । धेरैजना अभिनेत्री तीजको व्रत बसेका छन् । कतिपयले सामाजिक संजालबाटै तीज मनाइरहेको, शिवको आरधना गरिरहेको फोटो र भिडियो सेयर गरिरहेका छन् ।

यस्तोमा, अभिनेत्री सुरक्षा पन्त मंगलबार तीज मनाउन पशुपतिनाथको मन्दिरमा पुगेको बेला भेटिइन् । नीलो कुर्थामा सजिएकी उनले त्यहाँ शिवको दर्शन गरिन् भने साथीहरूसँग आगामी फिल्म ‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतमा कम्मर मर्काइन् ।

उनले त्यहाँ पुगेका पत्रकारसँग आफू व्रत बसेको बताउँदै तीजव्रतबारे आफ्नो धारणा राखिन् । ‘धेरै दिदीबहिनीले यो चाडमा खुल्ने बहाना पाउनुहुन्छ । हामी हाम्रो तरिकाले बाँच्ने हो भनेर दिदीबहिनी आउनुहुन्छु । यो देखेर खुसी लाग्छ’ उनले पशुपति पुगेका महिलाहरू नाचेको हेदै भनिन् ।

सबैले आ-आफ्नो ढंगमा तीजव्रत बस्नुपर्ने धारणा राखिन् । ‘सबैले आफ्नो हिसाबले मनाउन पाउनुपर्छ’ भनिन्, ‘लाइफपार्टनरको लागि मनैदेखि कामना गर्ने चाड हो । यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

आफ्नो श्रीमान मानव सुवेदीबारे पनि उनले कुरा गरिन् । ‘उहाँले व्रत बस्ने होइन भनेर उक्साउनुहुन्छ । खाएन भने कमजोर हुन्छ भन्नुहुन्छ । सबैको आ-आफ्नो सोच हुन्छ’ उनले भनिन् ।

पशुपतिमा उनले यसपटक निकै गुञ्जिएको तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’का साथीसँग पनि नाचिन् । उनले कोशेुंगाको गीत नत्र भने जिन्दगी व्यर्थ छ बाटुलीमा नोचको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?