+
+
Shares

सुरक्षाको बचाउमा प्रधानमन्त्रीले फेरि भने- गीत नसुन्नेकै कानमा कानेगुजी पलाउँछ

‘कलाकार होस्, गायक होस्, चित्रकार होस् जोसुकैलाई पनि उनीहरूको प्रशंसा गर्ने बाहेकलाई त्यसको गीत नसुन्ने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘नसुने नसुनोस् न तिम्रै कानमा कानेगुजी पलाउँछ, अरु के हुन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १७:००

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघिदेखि विवादमा तानिएकी नायिका सुरक्षा पन्तबारे राजतन्त्र पक्षधरले गरेको आलोचनामाथि पुनः आपत्ति जनाएका छन् ।

नेकपा एमाले निकट जिफन्टले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भुकुटिमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सत्तामा नहुँदै देखिएको उग्रता सत्तामै पुगेको भए के हुन्थ्यो ? भन्दै प्रश्न गरे ।

‘कलाकार होस्, गायक होस्, चित्रकार होस् जोसुकैलाई पनि उनीहरूको प्रशंसा गर्ने बाहेकलाई त्यसको गीत नसुन्ने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘नसुने नसुनोस् न तिम्रै कानमा कानेगुजी पलाउँछ, अरु के हुन्छ ?’

यसअघि हिजो पनि उनले एक कार्यक्रममा पनि पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका थिए ।

केहीदिनअघि एक टेलिभिजन अन्तर्वार्तामा अभिनेत्री पन्तले पूर्वयुवराज पारस शाहका छोरा हृदयन्द्रमाथि गरेको टिप्पणीका कारण आलोचनाको शिकार बनेकी थिइन् ।

उक्त विषयमा ओलीले हिजो (बुधबार) पनि टिप्पणी गर्दै हृदयन्द्रलाई कलाकारितामै आउन सुझाव दिएका थिए ।

राजतन्त्र पक्षधरहरू आफूसँगको असहमतिलाई सहँदै सहन नसक्ने जिकिर उनले गरे ।

‘एउटा गायकको गीत सुन्दैन । उनीहरूलाई गुड लुकिङ पनि भन्न नहुने, अनि के चाहिँ भनिदिने त ?,’ उनले भने, ‘अभिनय वा कलाको क्षेत्रमा आयो भने त्यसले राम्रो गर्नसक्छ भन्न पनि नपाइने, अनि के चाहिँ भन्नुपर्ने ? हाम्रो व्यवस्था छैन पनि भन्न नपाइने, जे सुकै भएपनि उ हुनैपर्छ भनिदिनुपर्ने, कति असिहुष्णता होला ?’

यस्ता तत्वहरू जनताका टाउकोमा टेकेर फेरि रैती बनाउने सपना देखिएको भन्दै सतर्क हुनुपर्ने प्रधानमन्त्रीले बताए ।

‘यस्ताहरू फेरि जनताका टाउकामा टेकेर जनतालाई रैती बनाउने सपना देखेर फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । मजदुर वर्ग सतर्क हुनुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अघि थप भनेका छन्, ‘यस्ता तत्वहरूले बहिष्कार गर्ने रे, गरुन न त । हामीलाई हो र, लोकतन्त्र, संविधानको विरोध गरेका छन्, बहिष्कार गरेका छन् । अनि यिनले राम्रा कुराका विरोध गर्छन् भन्ने थाहै छ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?