
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'चमेलीको पोई'को प्रदर्शन मिति चैत १३ गते रामनवमी अवसरमा तय गरिएको छ।
- फिल्मको निर्देशन एभरेस्ट सूर्य बोहराले गरेका छन् र यसमा सुरक्षा पन्त, मुकुन भुसाल लगायतका कलाकार छन्।
- धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्ममा शिवम् अधिकारीले पटकथा र संवाद लेखेका छन्।
काठमाडौ । फिल्म ‘चमेलीको पोई’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै रामनवमी अवसरमा चैत १३ मा फिल्म आउने जनाएका हुन् ।
सार्वजनिक ३ पोस्टरमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् ।
अर्को एक पोस्टरमा भने फिल्मका सबैजसो कलाकार अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ । पोस्टरले फिल्मको कथावस्तु कमेडी र सस्पेन्स रहेको बुझ्न सकिन्छ ।
एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्ममा नारायण त्रिपाठी, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना शाही, रितु मल्लको अभिनय छ ।
पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्ममा सुनिता सापकोटा र रामनारायण उपाध्यायले लगानी गरेका छन् ।
उदयविक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा छन् । सहनिर्मातामा यम ओली, सुदिप कुवँर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदीपकुमार सापकोटा छन् ।
प्रतिक्रिया 4