
१० भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक भोटेकोशी गाउककपालिका–४ हिन्दीमा बोलेरो भोटेकोशीमा खसेको छ ।
तातोपानीबाट बाह्रबिसे तर्फ आउदै गरेको बा २१ च ७५४४ को बोलेरो सड्कबाट भोटेकोशी नदीमा खस्दा दुर्घटना हुँदा चालक र सहचालक बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार बोलेरो भोटेकोशीमा खसेर सर्लाही बरथहवा नगरपालिका २ बस्ने २३ वर्षीय राजेश कुमार कुसवाह –चालक) र २५ वर्षीय राम प्रवेश महत्तो (सहचालक) बेपत्ता भएका छन् ।
उनीहरूलाई भोटेकोशीले बगाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बोलेरोलाई स्काभेटरको सहयोगमा डोरी लगाएर तान्ने बेलामा १ जना पुरुष व्यक्तिको शव भोटेकोशी नदीले बगाएको र अर्को शव पहिलेनै बगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।
भोटेकोशीले बगाएको व्यक्तिको शव प्रहरी चौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबिसेले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4