
फाइल फोटो
३२ असार, काभ्रेपलाञ्चोक । तिब्बतमा भारी वर्षा भएकाले भोटेकोशी नदीमा बाढी आउन सक्ने भन्दै काभ्रे प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सिन्धुपाल्चोकको भोटेकोशी नदी मिसिने सुनकोशी नदीको तटीय क्षेत्र पर्ने दोलालघाटमा सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ गरेको हो ।
भोटेकोशीको उपल्लो मुहानमा पानीको बहाव उच्च दरमा वृद्धि भएको तथा निरन्तर वर्षा भइरहेकाले बाढी आउन सक्ने पूर्वानुमान अनुसार सतर्कता अपनाउन नदी आसपासका तटीय क्षेत्रका स्थानीयलाई प्रहरीको आग्रह छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी भोटेकोशी नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4