News Summary
Generated by OK AI. Editorially reviewed.- आगस्ट २८ देखि सेप्टेम्बर १ सम्म नेपाल \'ए\' र आसामबीच पाँच खेलको टी-२० सिरिज हुनेछ।
- आसामको टोली सुमित घडिगंकरको कप्तानीमा घोषणा भएको छ।
- नेपाल \'ए\' टोलीको कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्।
१० भदौ, काठमाडौं । भारतको गुवाहाटीमा अगस्ट २८ देखि सुरु हुने नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजका लागि आसामको टोली घोषणा भएको छ ।
सुमित घडिगंकरको कप्तानीमा आसामको टोली घोषणा भएको हो । सुमित विकेटकिपर ब्याटर हुन् ।
आसामको नियमित कप्तान रियान पराग रहँदै आएकोमा पराग भारतको एसिया कप टोलीको रिजर्भ खेलाडीमा समावेश भएकाले त्यसको तयारीमा भएको बुझिएको छ ।
अगस्ट २८ देखि सेप्टेम्बर १ सम्म नेपाल ‘ए’ र आसामबीच पाँच खेलको टी-२० सिरिज हुनेछ । जहाँ पछिल्ला ३ खेल एसीए क्रिकेट रंगशालामा डे/नाइट खेलिनेछ ।
गुवाहाटीस्थित एसीए आईपीएल टिम राजस्थान रोयल्सको २ घरेलु मैदानमध्ये एक हो ।
यस सिरिजका लागि नेपाल ए टोलीको पनि घोषणा भइसकेको छ। नेपाल ए को कप्तानी विकेटकिपर ब्याटर अनिल साहले गर्नेछन्।
आसामको टोली : सुमित घडिगांवकर (कप्तान/ विकेटकिपर), शिवशंकर रोय, साहिल जैन, सौरव मौसुम दिहिङिया, विशाल साहा, निहार डेका, रुहिनन्दन पेगु (विकेटकिपर), हृषिकेश तमुली (विकेटकिपर), रोहित मिहिर सेन (विकेटकिपर), आकाश सेनगुप्ता, अयुष्मान मलाकार, अब्दुल अजीज कुरैशी, सुमित कश्यप, मृन्मय दत्ता, अविनव चौधुरी, अभिलाष गोगोई, हिमांशु सरस्वत, सादेक हुसैन, भार्गव प्रतिम लिहकार, राज अग्रवाल।
प्रतिक्रिया 4