
११ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज मनाइँदै छ । यसै अवसरमा गणेश मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।
आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकसहित काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पनि भक्तजनहरु पुगेका छन् ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ ।
हेर्नुहोस् कमलादीको गणेश मन्दिरको चहलपहल–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4