News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले ए डिभिजन लिग फुटबल आयोजनाबारे छलफल गर्न १४ क्लबलाई बैठकमा सहभागी हुन पत्राचार गरेको छ।
- २०७९/८० को लिग जेठ २३ गते सकिएदेखि नयाँ ए डिभिजन लिग सुरु नभएको कारण नेपाली खेलाडीहरू विदेशी क्लबतर्फ आकर्षित भइरहेका छन्।
- राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ र फरवार्ड अन्जन विष्टसहित अन्य खेलाडी अहिले बंगलादेशी लिग खेलिरहेका छन्।
११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग फुटबल आयोजनाबारे महत्वपूर्ण छलफल गर्न बैठक बोलाएको छ।
आगामी भदौ १५ गते आइतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने बैठकमा सहभागी हुन एन्फाले १४ क्लबलाई पत्राचार गरेको छ ।
एन्फाले मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, हिमालयन शेर्पा क्लव, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटवल क्लव, जावलाखेल युथ क्लब, एनआरटी क्लब, सातदोबाटो युथ क्लब, प्लानिङ व्वाईज यूनाईटेड क्लब र श्री भगवती क्लबका अध्यक्ष वा महासचिवलाई बैठका उपस्थित हुन अनुरोध गरेको छ ।
एन्फाले ए डिभिजन लिगमा खेल्ने सबै क्लबका अध्यक्ष वा महासचिवलाई बैठकमा सहभागी हुन अनुरोध गरेको छ।
२०७९/८० को लिग जेठ २३ गते सकिएदेखि अहिलेसम्म नयाँ लिग सुरु भएको छैन। पछिल्लोपटक चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।
लिग नहुँदा नेपाली खेलाडीहरू विदेशी क्लबतर्फ आकर्षित भइरहेका छन्। राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ र फरवार्ड अन्जन विष्टसहित अन्य खेलाडी अहिले बंगलादेशी लिग खेलिरहेका छन्।
प्रतिक्रिया 4