
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मिल्वाकी शहरमा सेप्टेम्बर ६ मा \'सोलफुल यूएसए यात्रा\' अन्तर्गत सांगीतिक कार्यक्रम आयोजना हुने छ।
- कार्यक्रममा गायक एड्रियन प्रधान, महेश काफ्ले र गायिका अस्मिता अधिकारीले प्रस्तुति दिनेछन्।
काठमाडौं । अमेरिकाको मिल्वाकी शहरमा आगामी सेप्टेम्बर ६ मा ‘सोलफुल यूएसए यात्रा’ का क्रममा सांगीतिक कार्यक्रम हुनेभएको छ ।
गौरा समाज विस्कन्सिनका सदस्य डिल्ली राज फुलाराका अनुसार कार्यक्रममा गायक तथा संगीतकार एड्रियन प्रधान, गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहनेछ ।
एड्रियन प्रधानका छुँदैन, हिँड्दा हिँड्दै, बिर्सेर मलाई, सारा खुसी, नसम्झ लगायत शीर्षकका गीतहरू लोकप्रिय छन् । महेश काफ्लेका माया बिरानी, नाच फिरिरि, तातो गोली तथा अस्मिता अधिकारीका तिमी मेरो हौ, राधा कृष्ण, मायाको फेरि, किन पाए, पवित्र माया र फेरियो थर मेरो लगायतका गीतहरू लोकप्रिय छन् ।
उक्त कार्यक्रम साँझ ४ बजेदेखि ९ बजेसम्म मिलवाकी स्थित मिलवाकी स्टिट क्राउन प्लाजामा आयोजना हुनेछ।
यस किसिमका सांगीतिक कार्यक्रम अमेरिकामा रहेका नेपाली समुदायका लागि मनोरञ्जनसँगै संस्कृति, परम्परा र आपसी सम्बन्धलाई जोगाउने माध्यम बन्ने फुलाराले बताए ।
सांगीतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली गीत–संगीत र संस्कृतिसँग जोड्ने मात्र नभई परदेशमा नेपालीपन जगेर्ना गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4