+

नेपाली क्रिकेटका दुई टोलीले एकैदिन तीन खेल खेल्दै

२०८२ भदौ  ११ गते २०:४७ २०८२ भदौ ११ गते २०:४७
नेपाली क्रिकेटका दुई टोलीले एकैदिन तीन खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको सिनियर पुरुष क्रिकेट टोलीले ११ भदौ विहान पौने ६ बजे र पौने १० बजे साउथ अस्ट्रेलियासँग दुई अभ्यास टी-२० खेल खेल्नेछ।
  • नेपाल 'ए' टोलीले ११ भदौ विहान ११ बजे भारतको गुवाहाटीमा आसाम क्रिकेट टोलीसँग पाँच खेलको टी-२० शृंखलाको पहिलो खेल खेल्नेछ।
  • नेपालले मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो र बिहीबार तीन खेलहरू एकैदिन खेल्दै छ।

११ भदौ, काठमाडौं । नेपाली क्रिकेटका दुई फरक पुरुष टोलीले बिहीबार एकैदिन तीन खेलहरू खेल्दै छन् ।

नेपालको सिनियर पुरुष क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग अभ्यास टी-२० तथा नेपाल ए ले आसाम क्रिकेट टोलीसँग टी-२० खेल्न लागेका हुन् ।

नेपालको सिनियर टोलीले साउथ अस्ट्रेलियासँग दुई टी-२० खेल्नेछ । पहिलो खेल विहान सवा ५ बजे सुरु हुनेछ भने दोस्रो खेल विहान सवा ९ बजेका लागि तय छ ।

यसअघि मंगलबार भएको दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

यता नेपाल ‘ए’ ले आसामसँगको पाँच खेलको टी-२० शृंखला अन्तर्गत पहिलो टी-२० पनि बिहीबार नै खेल्दैछ ।

अनिल शाहको कप्तानीमा भारतको गुवाहाटीमा रहेको नेपाल ‘ए’ र आसामबीचको पहिलो खेल बिहीबार विहान ११ बजे एसीए ट्रेनिङ ग्राउण्डमा हुनेछ ।

बिहीबारका खेलहरू :

नेपाल भर्सेस् साउथ अस्ट्रेलिया (अभ्यास टी-२०) : विहान ५:१५ बजेदेखि

नेपाल भर्सेस् साउथ अस्ट्रेलिया (अभ्यास टी-२०) : विहान ९:१५ बजेदेखि

नेपाल ‘ए’ भर्सेस् आसाम (पहिलो टी-२०) : विहान ११ बजेदेखि

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय