+
+
Shares

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, ९९ प्रतिशतको हात रित्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिक लघुवित्तको प्राथमिक सेयर (आईपीओ) बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले बाँडफाँट गरेको छ।
  • आईपीओमा २४ लाख ४० हजार ४६० जनाले आवेदन दिएका थिए, जसमा १९ हजार ५१९ जनाले सेयर पाएका छन्।
  • कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा र प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ, कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ।

१२ भदौ, काठमाडौं । सर्वसाधारणलाई यसअघि खुलेको स्वस्तिक लघुवित्तको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले आईपीओ बाँडफाँट गरेको हो ।

साउन ३० गतेदेखि सर्वसाधारणलाई कम्पनीको आईपीओ खुलेको थियो । आईपीओमा कुल २४ लाख ४० हजार ४६० जनाले आवेदन दिएका थिए ।

जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएका थिए । स्वीकृत आवेदनमध्ये जम्मा १९ हजार ५१९ जनाले सेयर पाएका छन् । सेयर पाएका १९ हजार ५१९ मध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन् ।

स्वीकृत आवेदनमध्ये ०.८० प्रतिशतले मात्रै सेयर पाएका हुन् । बाँकी ९९‍.२० को हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ४० पैसा छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३३ पैसा छ । कम्पनी ३ करोड १६ लाख सञ्चित नाफामा छ । सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्त प्रादेशिक स्तरको हो । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?