+
+
Shares

पहिलो डेढ घण्टामा करिब पौने ३ अर्बको सेयर कारोबार, नेप्सेमा उतारचढाव

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार पहिलो डेढ घण्टामा करिब पौने ३ अर्बको सेयर कारोबार भएको छ।
  • नेप्से परिसूचक १० अंक घटेर २८०८ अंकमा पुगेको छ।
  • विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको सूचक ०.११ प्रतिशतले बढेको छ।

१२ भदौ, काठमाडौं । बिहीबार पहिलो डेढ घण्टामा करिब पौने ३ अर्बको सेयर कारोबार भएको छ ।

१२ : ३० बजेसम्म २ अर्ब ७२ करोडको कारोबार भएको छ । नेप्से परिसूचक १० अंक घटेर २८०८ अंकमा छ ।

८३ कम्पनीको मूल्य बढ्दा १६४ को घटेको छ । निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.११ प्रतिशत बढेको छ । विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । समता लघुवित्तको ४.९१ प्रतिशत बढेको छ ।

सिक्लेस हाइड्रोपावरको मूल्य २.९ प्रतिशत घटेको छ । पहिलो डेढ घण्टामा धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, चन्द्रागिरि हिल्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?