+
+
Shares

मधेशका अर्थमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीद्वारा सदन अवरुद्ध

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थ मन्त्री सुनिलकुमार यादवको राजिनामा नआएसम्म सदन चल्न नदिने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १५:००

१२ भदौ, जनकपुरधाम। मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दलहरुले अबरोध गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिस्कारबीत असार २६ गते बहुमतले पारित गरेको भन्दै प्रतिपक्षी असन्तुष्ट बनेको हो।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थ मन्त्री सुनिलकुमार यादवको राजिनामा नआएसम्म सदन चल्न नदिने बताए।

४६१ पेजको बजेट आएकोमा पछि पुनः २९४ पेज थपेर आएको र त्यो बजेट प्रतिपक्षीका बहिस्कारबीच पास भएकोले यो संसदीय मर्यादा विपरीत भएको उनको भनाइ छ ।

‘संसदलाई छलेर, विना प्रतिपक्षी बजेट पास भयो। यस्तो परम्परा दुनियामा कतै पनि छैन’ प्रमुख सचेतक यादवले भने ‘अर्थमन्त्री यसमा जिम्मेबार छन् । उहाँको राजिनामा नआएसम्म हामी प्रतिपक्षी सदन अवरोध गरिहन्छौं’

यसपछि सभामुख रामचन्द्र मण्डलले भोलि दिउँसो १ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रापाले सदन अबरुद्ध गरेका थिए ।

बैठक बस्नु अघि आज बिहान ९ बजे सभामुख मण्डलले राखेको सर्वदलीय बैठकसमेत प्रतिपक्षी पाँच दलले बहस्किार गरेको थियो ।

छैठौं अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य, महालेखापरीक्षकको छैटौँ र सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्ने र विषयगत समितिका वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?