
१२ भदौ, काठमाडौं । बैंकिङ कसुरको मुद्दाका एक फरार आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का ५० वर्षीय किशोर दाहाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध १२ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको जाहेरी परेको थियो । प्रहरी वृत्त जनसेवामा जाहेरी परेकाले कारबाहीका लागि उत्तै पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4