+
+
Shares

जुवातास खेलेको आरोपमा भक्तपुरबाट ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १३:१७

१५ भदौ, काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?