
News Summary
Generated by OK AI. Editorially reviewed.- गायक सविन श्रेष्ठले 'मनका कुरा' बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
- गीतमा प्रेमीको खुसी खोज्ने संघर्ष र एक्लोपनाको कथा समेटिएको छ।
- गीतको मिक्सिङ गोपाल रसाइलीले गरेका छन् र भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीले अभिनय गरेका छन्।
काठमाडौं । गायक सविन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । सविनले ‘मनका कुरा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
सविनकै शब्द, संगीत र स्वर रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेश खाएको प्रेमीको कथा छ । माया पाउन संघर्ष गर्दागर्दै थाकेको प्रेमीको कथालाई गीतले समेटेको छ ।
एक्लिएको जिन्दगीमा मनको बह पोख्ने मानिस पनि नहुँदा उदासिएको प्रेमीको कथा भन्ने गीतले आफ्नो आँखैअगाडि उजाडिएको प्रेमको कुरा छ । प्रेम र धोकाको वरिपरि गीत घुमेको छ । सविन प्रायः बिछोडिएको प्रेमको वरिपरि रहेका गीत लेख्ने र गाउने गर्छन् ।
गीतमा मिक्सिङ तथा मास्टरिङ गोपाल रसाइलीले गरेका छन् । गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा सुजन जिम्बा र दिप्शा कार्कीको अभिनय छ ।
संकल्प भुजेलले खिचेको भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । भिडियो निर्देशन दिमेश श्रेष्ठले गरेका छन् । भिडियो कन्सेप्ट पनि निर्देशक स्वयंको रहेको छ ।
प्रतिक्रिया 4