News Summary
Generated by OK AI. Editorially reviewed.- वात्सल्य एभरेष्ट महिला भलिबल लिग सुरु हुनु अघि पोखराको लेकसाईडमा मनोरञ्जनात्मक प्रदर्शनी खेल आयोजना हुने भएको छ।
- प्रदर्शनी खेलमा टिम राजेश र टिम धनराज प्रतिस्पर्धा गर्नेछन्, जसमा अभिनेता राजेश हमाल र मेयर धनराज आचार्यको समर्थन रहनेछ।
- इडब्लुभी दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ र ६ टिम तथा ९ देशका १८ विदेशी खेलाडी सहभागी हुनेछन्।
१५ भदौ, काठमाडौं । ईन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) सुरु हुनु अघि पोखराको लेकसाईडमा मनोरञ्जनात्मक प्रदर्शनी खेल हुने भएको छ ।
आयोजकले लिगलाई विशेष बनाउने उद्देश्यका मनोरञ्जनात्मक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । यस खेलमा टिम राजेश र टिम धनराज प्रतिस्पर्धा गर्नेछन्।
टिमलाई अभिनेता राजेश हमाल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको समर्थन रहनेछ ।
प्रत्येक टिममा १२ जना रहनेछन्, जसमा इडब्लुभीका प्रमुख खेलाडी, विदेशी खेलाडी, कलाकार र पोखरा आधारित इन्फ्लुएन्सर सहभागी हुनेछन्।
कलाकारहरूमा आना शर्मा, सनीषा भट्टराई र अदिती बुढाथोकी रहनेछन् भने खेलाडीहरूमा अरुणा शाही, प्रगति नाथ, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सुमित्रा रेग्मी र उषा भण्डारी सहभागी हुनेछन्।
इडब्लुभीको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ।
एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगमा ६ टिम र ९ देशका १८ विदेशी खेलाडी खेल्नेछन्।
प्रदर्शनी खेलले लिगको उत्साह बढाउने र महिला भलिबललाई अझ लोकप्रिय बनाउने आयोजकले विश्वास लिएका छन्।
कला, मनोरञ्जन र खेललाई एउटै मञ्चमा ल्याउनुले महिला भलिबल लिगलाई थप राष्ट्रिय चासोको विषय बनाउने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4